समितिले नियम ५ मा लेखिए बमोजिमको कार्य समाप्त गरेपछि सम्बन्धित बाहिनी, गण, गुल्म तथा डिपोले देहायको काम गर्नेछ ः–
(१) बेकम्मा ठहराएको सामानको बदला अर्को सामान माग गरी पूर्ति गर्ने ः
(क) समितिले तयार पारेको कार्य विवरणको आधारमा सम्बन्धित बाहिनी, गण, गुल्महरुले आफ्नो दरबन्दी अनुसार सामानहरु पूरा गर्न, मर्मत गर्नु पर्ने बाहेक अरु सामानहरु सम्बन्धित डिपोबाट माग गरी पुरा गराई राख्नु पर्छ ।
(ख) सम्बन्धित डिपोले पनि बाहिनी गण गुल्महरुले माग गरे बमोजिम समितिले आफ्नो कार्य विवरणमा बेकम्मा ठहराएको सामान जिम्मेवारी, बालगिरी, ई.आई., पर्शनल जुन जुन रुपमा गएको हो सोही रुपमा यथाशीघ्र बदला गरिदिनु पर्छ ।
(ग) डिपोमा नै बेकम्मा भएको हकमा सम्भाररथी विभाग (जनरल) मा विधिवत माग गर्नु पर्छ ।
(२) मर्मत गर्ने ः
(क) विभिन्न बाहिनी, गण गुल्महरुले नै मर्मत गर्ने गराउने जति निकासा पाएको स्टोर मेन्टिनेन्स रकमबाट तुरुन्त खर्च गराई मर्मत गराई सो रकम मिनाहालाई रीतपूर्वकको फा“टवारी सम्भाररथी विभाग (जनरल) मा पठाउनु पर्छ । डिपोबाट मर्मत गराउने जति मर्मतको लागि डिपोमा पठाउनु पर्छ ।
(ख) डिपोबाट मर्मत गराउने हकमा मर्मत गर्न चाहिने सामानहरुलाई लाग्ने रकमको माग र युनिटबाट मर्मतको लागि आएको समेतलाई चाहिने रकम समावेश गरी सम्भाररथी विभाग (जनरल) मा माग गरी मर्मत गरी गराई राख्नु पर्छ । फर्मेशन, युनिट, सबयुनिटको सामान जति मर्मत भएपछि फिर्ता पठाउनु पर्छ ।
(ग) मर्मत हुन आएका सामानहरु मर्मत हुन नसके सोही व्यहोराको सूचना सम्बन्धित युनिटमा दिनु पर्छ । त्यसको सूचना प्राप्त भएपछि युनिटले तालुक अड्डा मार्फत सम्भाररथी विभाग (जनरल) मा माग गरी पूरा गराई राख्नु पर्छ ।
(३) धुल्याउने सडाउने ः
(क) समितिले धुल्याउने, सडाउने भनी ठहराएको सामानहरु सम्बन्धित फर्मेशन, गण, गुल्म, डिपोले सम्बन्धित विभाग वा बाहिनी अड्डाबाट आदेश पाएपछि सोही आदेश बमोजिम उपत्यकामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा जिल्लामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा सो नभएको ठाउ“मा नजिकको कुनै अड्डा साक्षी राखी धुल्याउनु पर्ने धुल्याई र सडाउनु पर्ने सडाई खर्च लेख्नु पर्छ ।
(ख) युनिट, सबयुनिटभित्र जवानहरुले लाएको पर्शनल र ई.आई. लुगा कपडाहरुको हकमा डाक्टरले लाउन नहुने सिफारिस गरेमा समितिले त्यस्ता कपडाहरु सो व्यक्तिलाई नै दिने, त्यस्ता व्यक्ति नभए सबै जलाई जलाएको सबुतहरु बैठक बस्दा पेश गर्नु पर्छ ।
(४) सामानहरु लिलाम बिक्री गर्ने ः
(क) समितिले लिलाम गर्ने भनी ठहराएको सामानहरु सम्बन्धित विभाग वा बाहिनी अड्डाको आदेश पाएपछि सम्बन्धित डिपो, फर्मेशन, गण, गुल्महरुले ऐन सवाल बमोजिम प्रचार प्रसार गरी म्याद समेत टा“सी उपत्यकामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा जिल्लामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा सो नभएको ठाउ“मा नजिकको कुनै अड्डा साक्षी राखी लिलाम बिक्री गरी से्रस्तामा सो लिलाम भएको सामान खर्च लेख्नु पर्छ ।
(ख) खण्ड (क) बमोजिम प्रचार प्रसार गरी रीतपूर्वक दुई पटकसम्म आव्हान गर्दा पनि लिलाम हुन नसकेमा सो कुरा जनाई उपनियम (३) बमोजिम धुल्याउनु सडाउनु पर्छ ।
(ग) लिलाम बिक्रीबाट आएको रकम सर्वसंचित कोषमा दाखिल गरी त्यसको जनाउ र भौचर सम्बन्धित विभाग वा बाहिनी अड्डालाई दिनु पर्छ । सम्बन्धित विभाग वा बाहिनी अड्डाले पनि जनाउ र भौचर पाएपछि सम्बन्धित डिपोलाई सूचना दिनु पर्छ ।
(५) अन्यत्र बुझाउने ः सम्बन्धित डिपो, युनिटको निमित्त काम नलाग्ने तर अन्यत्र कुनै युनिट र नेपाल सरकारको कुनै मन्त्रालय, विभाग वा अड्डा वा संस्थाको निमित्त काम लाग्ने भनी ठहराएको सामानहरु जति सम्बन्धित विभाग वा बाहिनी अड्डाबाट स्वीकृति पाएपछि तोकिएको स्थानमा बुझाई खर्च लेख्नु पर्छ ।